कैलाली। रोटरी क्लब अफ धनगढीले फैलँदो कोभिड-१९ लाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय कैलाली र सेती प्रादेशिक अस्पताललाई मेडिकल मास्क, पञ्जा र औषधि छर्कने मेसिन वितरण गरेको छ।
क्लबका अध्यक्ष हरिशंकर ठाकुरले जिल्ला प्रहरी कार्यालय कैलालीलाई मास्क ५०० थान, पञ्जा ३०० थान र औषधि छर्कने मेसिन १ थान वितरण गरेको बताए।
साथै क्लबले सेती प्रादेशिक अस्पताललाई दुई हजार थान मास्क वितरण गरेको अध्यक्ष ठाकुरले बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले क्लबले गरेको सहयोगको प्रशंसा गर्दै प्रहरी जतिबेला पनि तयारी अवस्थामा रहनु पर्ने भएका कारण यी सामाग्री अति नै उपयोगी हुने बताए।
त्यस्तै, सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले क्लबलाई धन्यवाद दिँदै बिरामीको उपचारमा खटिनुपर्ने स्वास्थ्यकर्मीका लागि मास्कको महत्व धेरै हुने बताए।
" /> कैलाली। रोटरी क्लब अफ धनगढीले फैलँदो कोभिड-१९ लाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय कैलाली र सेती प्रादेशिक अस्पताललाई मेडिकल मास्क, पञ्जा र औषधि छर्कने मेसिन वितरण गरेको छ।क्लबका अध्यक्ष हरिशंकर ठाकुरले जिल्ला प्रहरी कार्यालय कैलालीलाई मास्क ५०० थान, पञ्जा ३०० थान र औषधि छर्कने मेसिन १ थान वितरण गरेको बताए।

">