काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड-१९ सँग लड्न ‘लकडाउन’ मात्र पर्याप्त नहुने बताएको छ। इन्डिया टुडेमा प्रकाशित रिपोर्टअनुसार डब्लूएचओले ‘लकडाउन हटाएपछि भाइरस तीव्र गतिमा फैलनबाट रोक्नलाई गुणस्तरीय जनस्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने’ भनेकाे छ।
डब्लूएचओको यो चेतावनी जनस्वास्थ्य सेवा प्रवाह कमजोर भएका नेपालजस्ता देशका लागि बढी महत्त्वपूर्ण छ। डब्लूएचओका वरिष्ठ जोखिम व्यवस्था विशेषज्ञ माइक रेयानले भने, “हामीले संक्रमित व्यक्तिको खोजी गरी उनीहरूलाई आइसोलेसनमा राख्न जोड दिनुपर्छ।”
उनले अगाडि भने, “सार्वजनिक स्वास्थ्य सेवालाई राम्रो नबनाएसम्म लकडाउन हटेपछि पनि खतरा रहिरहन्छ र अझ तीव्र गतिमा फैलिन्छ।”
चीन र अन्य एशियाली देशले जस्तै अमेरिका र यूरोपका विभिन्न देशहरूले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरेका छन्। अधिकांश व्यक्तिहरूलाई घरबाटै काम गर्न भनिएको छ र स्कुल, बार तथा रेष्टुराँ बन्द गरिएको छ।
चीन, सिंगापुर र दक्षिण कोरियाको अभ्यास यूरोपका लागि समेत उदाहरणीय भएको छ। डब्लूएचओको जोखिम व्यवस्था विशेषज्ञ रेयानका अनुसार कोरोना भाइरसविरुद्ध थुप्रै भ्याक्सिन उत्पादन शुरू भए पनि हालसम्म अमेरिकामा एउटा भ्याक्सिनको मात्रै परीक्षण गरिएको छ।
" /> काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड-१९ सँग लड्न ‘लकडाउन’ मात्र पर्याप्त नहुने बताएको छ। इन्डिया टुडेमा प्रकाशित रिपोर्टअनुसार डब्लूएचओले ‘लकडाउन हटाएपछि भाइरस तीव्र गतिमा फैलनबाट रोक्नलाई गुणस्तरीय जनस्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने’ भनेकाे छ।डब्लूएचओको यो चेतावनी जनस्वास्थ्य सेवा प्रवाह कमजोर भएका नेपालजस्ता देशका लागि बढी महत्त्वपूर्ण छ। डब्लूएचओका वरिष्ठ जोखिम व्यवस्था विशेषज्ञ माइक रेयानले भने, “हामीले संक्रमित व्यक्तिको खोजी गरी उनीहरूलाई आइसोलेसनमा राख्न जोड दिनुपर्छ।”

">