कञ्चनपुर। भारतसँगका सीमा नाका बन्द भएसँगै घर फर्किन लागेका नेपाली अलपत्र परेका छन्।
आज बिहान १० बजेदेखि लागू हुनेगरी भारत र चीनसँग सीमा जोडिएका नाका बन्द भएपछि भारतबाट घर फर्किने नेपाली अलपत्र परेका हुन्।
कञ्चनपुरको गड्डाचौकी नाका बन्द हुँदा सीमापारी नेपालीहरू अलपत्र परेका हुन्।
भारतबाट आएर ७ नम्बर पिल्लर नजिक गड्डाचौकीमा उनीहरू अलपत्र परेका हुन्। क्षेत्रमा झण्डै ३०० सय नेपाली अलपत्र परेको सुदूरपश्चिम प्रदेश युवा सञ्जाल अध्यक्ष बाशुदेव भट्टले बताए।
भारतको नयाँ दिल्लीबाट निकै दुःख गरेर आएपनि नाका बन्द हुँदा समस्या परेको उनीहरूको भनाइ छ। भारतमा ९ चैतमा लगाइएको कर्फ्यूका कारण समयमै आउन नसकिएको अलपत्र परेका नेपालीहरू बताउँछन्।
भारतको केरलाबाट आफ्नो एक महीनाको तलब समेत नलिइ घर फर्किएका सुर्खेतका रमेश कँडेलले सीमा नाका नै सिल गरिँदा अलपत्र परेको बताए।
“कोरोना भाइरसको संक्रमण तथा त्रासका कारण काम गर्ने वातावरण नै बनेन। एक महीनाको तलब नै नलिएर भागेर घर आउनुपर्ने अवस्था आयो। कामै नभएपनि कोठामै बसेर कसरी गुजारा गर्ने त्यही भएर तलब नै नलिएर भागेर आयौं”, उनले भने।
सीमापारी भारतीय अधिकारीले कुनै चेकजाँच नै नगरी नेपाल पठाइरहेको सीमामा अलपत्र परेका उमेश कँडेलले बताए। “नाकामा भारतीय प्रहरीले नेपाली नागरिकता छ ? भनेर सोध्छ, छ भन्दा केही चेकजाँच नै नगरी पठाउँछ”, उनले भने।
अलपत्र पर्नेहरूमा बृद्धबृद्धा, महिला तथा बालबालिका समेत छन्। उनीहरू सीमामा चाउचाउ, चिउरा खाएर बसिरहेका छन्। उनीहरूको लागि आवश्यक व्यवस्था मिलाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।
अलपत्र परेकोबारे गृह मन्त्रालयलाई जानकारी गराइएको र त्यहाँको निर्देशन अनुसार आवश्यक निर्णयमा पुगिने कञ्चनपुरका सहायक जिल्ला प्रमुख अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए।
नाका 'सिल' गरिएकाले उनीहरूको कसरी उद्दार गर्ने भन्ने विषयमा स्थानीयस्तरमा सरोकारवाला निकायसँग छलफल भइरहेको उपाध्यायले बताए।
" /> कञ्चनपुर। भारतसँगका सीमा नाका बन्द भएसँगै घर फर्किन लागेका नेपाली अलपत्र परेका छन्।आज बिहान १० बजेदेखि लागू हुनेगरी भारत र चीनसँग सीमा जोडिएका नाका बन्द भएपछि भारतबाट घर फर्किने नेपाली अलपत्र परेका हुन्।

">