काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खाडी मुलुक र अफ्रिकी मुलुकमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन भिडिओ कन्फ्रेन्स गरेका छन्।
आज दिउँसो गरिएको भिडिओ कन्फ्रेन्सबारे मन्त्री ज्ञवालीले ट्वीटमार्फत् जानकारी गराएका हुन्।
मन्त्री ज्ञवालीले खाडीका विभिन्न मुलुक र अफ्रिकास्थित नेपाली राजदूत र नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग कोभिड-१९ को प्रभाव, नेपाली श्रमिकको अवस्था र नेपाली नियोगहरूले गरिरहेको कामबारे जानकारी लिएका छन्।
“भिडिओ कन्फ्रेन्सका क्रममा सम्बन्धित देशका सरकार, रोजगारदाता र नेपाली समुदायसँग निरन्तर सम्पर्क, सहयोग र समन्वयका लागि निर्देशन दिएका छौं”, परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्।
" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खाडी मुलुक र अफ्रिकी मुलुकमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन भिडिओ कन्फ्रेन्स गरेका छन्।आज दिउँसो गरिएको भिडिओ कन्फ्रेन्सबारे मन्त्री ज्ञवालीले ट्वीटमार्फत् जानकारी गराएका हुन्।

">