काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ को असर नेपालमा पनि देखिन थालेको छ।
नेपालमा पछिल्लोपटक हिजो ९ चैतमा १९ वर्षीया एक महिलालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर जानकारी दियो।
नेपालमाा कोरोना भाइरस पोजेटिभ देखिएको यी दोस्रो व्यक्ति हुन्। उनलाई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
यसअघि चीनको वुहानबाट आएका एकजना विद्यार्थीमा पनि कोभिड–१९ देखिएको थियो।
ती युवक अहिले निको भइसकेका छन्।
हालसम्म कोरोना भाइरस संक्रमणको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
नेपालमा अहिलेसम्म ६१० जनामा कोभिड–१९ को परीक्षण गरिएको छ। त्यसमध्ये ६०८ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
नेपालमा कोभिड–१९ भित्रिन नदिन सरकारले आजदेखि एक सातामसम्मका लागि भारत र चीनसँग जोडिएका नाका बन्द गरेको छ।
सरकारले आजैदेखि लामो दूरीमा सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ।
हिजो ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान बन्द भइसकेका छन्।
सरकारले एसईईलगायत विश्वविद्यालय र सीटीईभीटीका परीक्षा समेत स्थगन गरिसकेको छ। यस्तै, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, भीडभाडमा नजान, २५ जना भन्दा धेरै भेला नहुन आह्वान गरेको छ।
" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ को असर नेपालमा पनि देखिन थालेको छ।नेपालमा पछिल्लोपटक हिजो ९ चैतमा १९ वर्षीया एक महिलालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर जानकारी दियो।

">