नेपथ्यका सबै कार्यक्रम एक महीनाका लागि स्थगित

काठमाडौं। चर्चित ब्याण्ड नेपथ्यले कोभिड-१९ का कारण सबै कार्यक्रम एक महीनाका लागि स्थगित गरेको छ।

कोभिड-१९ को संक्रमण तथा त्रासका कारण विश्वव्यापीमा रूपमा उच्च सतर्कता अपनाइएको छ।

नेपालमा पनि सरकारले अन्तर्राष्ट्रिय उडान, सीमा नाका बन्द गर्नुका साथै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनेकाे छ। सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्नसमेत भनिएकाे छ।

यस्तो अवस्थामा एक महीनाका लागि सबै कार्यक्रम स्थगित गरिएको नेपथ्यका सदस्य अमृत गुरुङले जानकारी दिए। नेपथ्य ब्याण्ड नेपाली संगीत क्षेत्रमा निकै चर्चित छ।

कोरोनाको कारण संसार ठप्प छ। विज्ञहरुले भौतिक-शारीरिक दुरी बढाउनु र अरुको सम्पर्कमा नआउनु नै यस विरुद्ध उपलब्द सबैभन्दा उपयुक्त उपाय हो भनेका छन्। @nepathya_band ले सबै क्रियाकलापलाई एक महीना स्थगन गरेका छौं। अत्यावश्यक सेवामा सम्बन्धित बाहेक तपाईं पनि केही दिन घरै रहेको बेस। ??

— Amrit Gurung (@amritnepathya) March 23, 2020

प्रतिक्रिया दिनुहोस्