काठमाडौं। इटहरी उपमहानगरपालिकाले २०० शय्याको क्वारेन्टाइन बनाएको छ।

इटहरी-५ मा रहेको जनता बहुमुखी क्याम्पसमा उक्त क्वारेन्टाइन स्थापना गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ।

अन्य आवश्यक सामुदायिक विद्यालयमा पनि क्वारेन्टाइन निर्माण गर्ने र नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, उद्योग वाणिज्य संघ, राजनीतिक दल, रेडक्रस र अन्य संघ संस्थाहरूसँग समन्वय गरेर क्वारेन्टाइन संचालन गर्ने उपमहानगरपालिकाले बताएको छ।

कार्यवाहक नगरप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले कोभिड-१९ कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्ने समन्वय समिति समेत गठन गरेको छ।

इटहरी उपमहानगरपालिकाभित्र कोरोना संक्रमण भित्रन र फैलन नदिन तथा शंकास्पद व्यक्तिहरूको निगरानी र उपचारको व्यवस्था समेत मिलाउन नगरप्रमुख द्वारिकलाल चौधरी संयोजक र उपमेयर गौतम सहसंयोजक रहेको नगरस्तरीय समन्वय समिति गठन गरिएको जनाएको छ। सबै वडाहरूमा वडाध्यक्षको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ।

इटहरी उपमहानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका सिटी सफारी, अटो र म्यजीकहरूलाई दैनिक संचालनका लागि जोर, विजोर प्रणाली लागू गर्ने, दैनिक उपभोग्य सामान बाहेकका अन्य पसल तथा बजार आगामी २१ चैत सम्मका लागि बन्द गर्न व्यापारी, उद्योगी, व्यवसायीलाई अनुरोध  गर्ने,  नगरवासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

सडकमा हुने आवगमन कम गर्न आवश्यक सहजीकरण र नागरिक सचेतनाका लागि सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालयलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ।

" /> काठमाडौं। इटहरी उपमहानगरपालिकाले २०० शय्याको क्वारेन्टाइन बनाएको छ।

"> इटहरीमा २०० शय्याको क्वारेन्टाइन: Dekhapadhi
इटहरीमा २०० शय्याको क्वारेन्टाइन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्