कञ्चनपुर। सीमा नाका सिल गरिएसँगै गड्डाचौकीमा अलपत्र परेका नेपालीहरू घर फर्किएका छन्।
बिहान १० बजेपछि सीमा सिल गरिएसँगै ४०८ नेपाली अलपत्र परेका थिए। उनीहरूलाई स्वास्थ्य परीक्षण गराएर आफ्नो गन्तव्यतिर पठाइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए।
आज दिनभरमा ८९३ जना गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरेका छन्। तीमध्ये बिहान १० बजेपछि आएका नेपालीहरू सीमा सिल गरिँदा अलपत्र परेका थिए। उनीहरूलाई गृहमन्त्रालयको निर्देशनमा स्वास्थ्य परीक्षण तथा व्यक्तिगत विवरण राख्दै गन्तव्यतर्फ फर्काइएको हो।
उनीहरूलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न आग्रह गर्दै घर पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बताएको छ।
उनीहरूलाई फर्काउनका लागि आज जिल्लास्थित सरोकारवाला निकायबीच छलफल भएको थियो।
आजै प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको अध्यक्षतमा बसेको बैठकले उनीहरूलाई घर फर्काउनका लागि गृहमन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको थियो।
" /> कञ्चनपुर। सीमा नाका सिल गरिएसँगै गड्डाचौकीमा अलपत्र परेका नेपालीहरू घर फर्किएका छन्।बिहान १० बजेपछि सीमा सिल गरिएसँगै ४०८ नेपाली अलपत्र परेका थिए। उनीहरूलाई स्वास्थ्य परीक्षण गराएर आफ्नो गन्तव्यतिर पठाइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए।

">