काठमाडौं। कोभिड-१९ फैलिन नदिन र निर्मूल पार्न भन्दै सरकारले देशैभर पूर्ण लकडाउन को आदेश जारी गरेको छ।
९ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन-२०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरि ११ चैत बिहान ६ बजेदेखि १८ चैत बिहान ६ बजेसम्मका लागि त्यस्तो आदेश जारी गरेको हो।
अहिले साँझ सरकारका प्रवक्ता (अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री) डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गरी सरकारले देशैभर कोभिड-१९ को संक्रमण फैलिने सम्भावना देखिएकाले त्यसको रोकथाम गर्न र त्यसलाई निर्मूल गर्न त्यस्तो आदेश जारी गरेको बताए।
यो आदेशले औषधि उपचार र खाद्यवस्तु खरीद जस्ता अत्यावश्यक काममा बाहेक अन्य कुनै पनि काममा घरबाहिर निस्कन रोक्छ।
त्यसैगरी, अनुमतिप्राप्त सवारी साधनबाहेक अन्य सवरीमा रोक लगाउने र सुरक्षा निकायका उडानबाहेक सबै आन्तरिक हवाइ उडान बन्द गर्ने पनि आदेश जारी गरिएको छ।
विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ एक जना नेपाली महिलालाई देखिएको पनि आजै सार्वजनिक भएको थियो।