राष्ट्रपतिले दुई महीना बराबरको पारिश्रमिक सरकारी कोषमा जम्मा गर्ने
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा दुई महीना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छन्।

आज राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो।

सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि कोष खडा गरेको हो।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले एक महीना बराबरको पारिश्रमिक उपलब्ध गराउने जनाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्