काठमाडौं। कोभिड-१९ फैलन नदिन र निर्मूल पार्न भन्दै सरकारले देशैभर पूर्ण लकडाउनको आदेश जारी गरेको छ। ९ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन-२०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ११ चैत बिहान ६ बजेदेखि १८ चैत बिहान ६ बजेसम्मका लागि त्यस्तो आदेश जारी गरेको हो।
आज साँझ सरकारका प्रवक्ता (अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री) डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गरी सरकारले देशैभर कोभिड-१९ को संक्रमण फैलिने सम्भावना देखिएकाले त्यसको रोकथाम र निर्मूल पार्न त्यस्तो आदेश जारी गरेको बताए।
यस्ता छन् आदेशः
१. औषधि उपचार र खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक अन्य कुनै पनि काममा घरबाहिर ननिस्कने।
२. अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक बा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने।
३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरू बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडानहरू बन्द गर्ने।
४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरू मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरूलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने।
५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरू बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरूमा काम गर्ने श्रमिक, कर्मचारीहरूलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने।
६.व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गर्ने, अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने।
७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने।
८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई सोही ऐनबमोजिम सजाय हुने।
यस्तै आज दिउँसो बसेको कोरोना भाइरस रोकथामका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले विभिन्न निर्णय गरेको छ।
यस्ता छन् समितिले गरेका निर्णयः
१.संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीको संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ स्वीकृत गर्ने।
२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आजैदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकहरूको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आवश्यकताअनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू परिचालन गरी शुरू गर्ने। यसका लागि रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्ने।
" /> काठमाडौं। कोभिड-१९ फैलन नदिन र निर्मूल पार्न भन्दै सरकारले देशैभर पूर्ण लकडाउनको आदेश जारी गरेको छ। ९ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन-२०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ११ चैत बिहान ६ बजेदेखि १८ चैत बिहान ६ बजेसम्मका लागि त्यस्तो आदेश जारी गरेको हो।आज साँझ सरकारका प्रवक्ता (अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री) डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गरी सरकारले देशैभर कोभिड-१९ को संक्रमण फैलिने सम्भावना देखिएकाले त्यसको रोकथाम र निर्मूल पार्न त्यस्तो आदेश जारी गरेको बताए।

">