काठमाडाैं। कोरोना भाइरस संक्रमणका कारण यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा नगर्ने निर्णय भएको छ।
गुठी संस्थान, सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकार भएका निकायका अधिकारीको उपस्थितिमा क्षमा माग्दै रथयात्रा नगर्ने निर्णय गरिएको काठमाडौं महानगरपालिका-२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए।
विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएकाले मानव कल्याणका लागि यस वर्षको जात्रा रोक्नुपरेको रथयात्रा व्यवस्थापन समिति संयोजकसमेत रहेका वडाध्यक्ष शाक्यले बताए।
प्रत्येक वर्ष वर्षा र सहकालका देवताका रूपमा पुजिने सेतो मच्छेन्द्रनाथको रथयात्रा चैत शुक्ल अष्टमीदेखि द्वादशीसम्म हुने गरेको थियो।
यस वर्ष जात्रा गर्न नसकिने भएकाले १९ चैतमा चैत शुक्ल अष्टमीका दिन आर्यावलोकीतेश्वर मन्दिरमा क्षमापूजा गर्ने निर्णय भएको पनि अध्यक्ष शाक्यले जानकारी दिए।
क्षमापूजामा पनि पुजारी र सरोकार भएका निकायका प्रतिनिधि गरी २५ जनाभन्दा थोरैको उपस्थितिमा हुने समितिले जनाएको छ। कोरोना भाइरसको संक्रमण समाप्त भएपछि यस वर्षको जात्रा रोकिएकामा स्वस्तिशान्ति कोटीहोम गरी जात्रामा उपस्थित हुन नपाएका भक्तजनलाई प्रसाद वितरण गरिनेछ। रासस
" /> काठमाडाैं। कोरोना भाइरस संक्रमणका कारण यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा नगर्ने निर्णय भएको छ।गुठी संस्थान, सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकार भएका निकायका अधिकारीको उपस्थितिमा क्षमा माग्दै रथयात्रा नगर्ने निर्णय गरिएको काठमाडौं महानगरपालिका-२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए।

">