काठमाडाैं। नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी शुरू गरेको छ।
कोभिड-१९ संक्रमणसम्बन्धी कुनै घटना फेला परेमा सेनाका चिकित्सकसहितको मुख्य टोली गठन गरी सम्पूर्ण युनिट र सव युनिट तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेनाले कोभिड-१९ जोखिम नियन्त्रण सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्न तथा उक्त भाइरसविरुद्ध रोकथामका उपाय सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइसकेको जनाएको छ। उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले आफू कार्यरत युनिटमा गई सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयस्तरमा ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्ने कार्य शुरू गरिएको निर्देशनालयले जनाएको छ।
हालसम्म सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सीमामा स्थापना गरेका हेल्थ डेक्समा समेत दक्ष स्वास्थ्यकर्मीलगायत सुरक्षाका लागि सैनिक अधिकारी परिचालन गरिएको छ। विभिन्न जिल्लामा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाले स्थानीयस्तरको क्वारेन्टाइन तथा आइसोलेसन वार्ड तयार गर्न सहयोग गरिरहेको छ।
कोभिड-१९ सम्बन्धी रोकथाम तथा न्यूनीकरणका लागि राष्ट्रिय सेवा दलबाट तालीम प्राप्त विद्यार्थीलाई स्वयम् सेवकका रूपमा सचेतना कार्यका लागि परिचालन गर्न शुरू गरिएको छ। सेनाले परिचालित सकल दर्जाको सुरक्षाका लागि आवश्यक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई), मास्क, पञ्जा तथा सेनिटाइजर उपलब्ध गराउनुका साथै मास्क पीपीई तथा सेनिटाइजरको उत्पादनसमेत शुरू गरिसकेको छ।
कोभिड-१९ सम्बन्धी सरकारको निर्देशनअनुसार सेनाले आयोजना गर्ने विभिन्न समारोह, कार्यक्रम, तालीम, दैनिकरूपमा हुने पिटी परेडमा समेत आवश्यक उच्च सतर्कता अपनाइएको जनाएको छ। सेनाका सकल दर्जालाई कोभिड-१९ बारे जानकारी गराई विशेष परिस्थिति र आवश्यकताका आधारमा मात्र बिदा छाड्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।
बिदाबाट फर्किएका व्यक्तिलाई अनिवार्यरूपमा ‘इण्डोर क्वारेन्टाइन’मा राखी एकिन पश्चात ड्युटीमा लिने व्यवस्था गरिनाका साथै कोभिड–१९ विरुद्ध ब्यारेकभित्रका सकल दर्जाको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको निर्देशनालयले जनाएको छ। ब्यारेक हाताभित्रका बासस्थानमा समेत ओछ्यानको दूरी घटीमा एक मिटरमा राख्ने र सकल दर्जालाई ब्यारेक हाताभित्र नै लकडाउन गरिएको जनाइएको छ। कोभिड-१९को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न सेना तयार रहेको निर्देशनालयले जनाएको छ।
" /> काठमाडाैं। नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी शुरू गरेको छ।कोभिड-१९ संक्रमणसम्बन्धी कुनै घटना फेला परेमा सेनाका चिकित्सकसहितको मुख्य टोली गठन गरी सम्पूर्ण युनिट र सव युनिट तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

">