कोभिड-१९ सँग जुध्न भारतसँग स्वास्थ्य सामग्री र उपकरण माग (सूचीसहित)

काठमाडौं । सरकारले कोभिड-१९ को तयारी र प्रतिकार्यका लागि छिमेकी देश भारतसँग स्वास्थ्य सामग्री सहयोग मागेको छ।

स्वास्थ्य मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर भारतीय राजदूतावासमार्फत भारत सरकारसँग पहल गरी ती अत्यावश्यक सामग्री उपलब्ध गराउन अनुरोध गरिएको हो।

मन्त्रालयका बहुक्षेत्रीय समन्वय शाखाका प्रमुख डा. समिरकुमार अधिकारीले पठाएको पत्रमा भारतसँग १६ प्रकारका मेडिकल सामग्री सहयोग गर्न अनुरोध गरिएको छ।

माग गरिएका सामानको सूचीमा तीन लेभलको एक लाख ६० हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट पाँच लाख, भीटीएम एक लाख, एन ९५ मास्क एक लाख ५० हजार थान, इन्फ्रारेड थर्मोमिटर १० हजार थानलगायतका स्वास्थ्य सामग्री र उपकरण छन्।

प्रतिक्रिया दिनुहोस्