घोडेजात्रामा कोभिड-१९ प्रभाव, सांकेतिक रूपमा मात्र मनाइँदै
काठमाडौं। प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व यस वर्ष सांकेतिक रूपमा मनाईँदैछ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आजदेखि लकडाउन घोषणा गरेकोले घोडेजात्रा प्रभावित भएको हो।

नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गर्दै आएको छ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

यस वर्ष कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमका कारण सेनाले विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा बोलाएको छैन।

विगत वर्षमा भन्दा कम प्रदर्शन गरी घोडेजात्रा मनाउने तयारी गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।

“विगत वर्षमा २४ वटासम्म खेल प्रदर्शन गरिन्थ्यो, यस वर्ष घटाएर १५ वटा गरिँदैछ, सेनाभित्र पनि सबैलाई टुँडिखेलमा आमन्त्रण गरिएको छैन, स्याटलाइटबाट ब्यारेकमा देखाउने व्यवस्था मिलाएका छौँ”, उनले भने। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्