लकडाउनको पहिलो दिन: सरकारलाई नागरिकको साथ (तस्वीरहरूसहित)

काठमाडौं। विश्‍व्यापी महामारी बनेको कोभिड-१९ को जोखिम नियन्त्रण गर्न सरकारले आज बिहानदेखि एक साताको लागि लकडाउन गरेको छ।

संकटको यो घडीमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन, भीडभाडमा नजान र सावधानी अपनाउन सरकारले गरेको आग्रहलाई नागरिकले पनि साथ दिएका छन्।

महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न सरकारले यो कदम चालेको हो।

काठमाण्डौं , ललितपुर र भक्तपुरमा बिहानदेखि नै अत्यावश्यकीय सेवाबाहेकका सवारीसाधन चलेका छैनन्।

काठमाडौंलगायत देशभरका सडकहरू सुनसान छन्।

लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरीद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो।

माईकिङबाट प्रहरीले सर्वसाधारणलाई भित्रै बस्न , घर बाहिर ननिस्कन आग्रह गर्दै हिँडेको देखिन्थ्यो ।

सडकमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ भने सवारीसाधनको र परिचयपत्रको चेकजाँचलाई पनि कडाई गरिएको छ।

फाट्टफुट्ट सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले घरभित्रै बस्न आग्रह गरेका छन्।

बुटवल बजार।