काठमाडौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस र्कीतिपुरमा लाइब्रेरी साइन्स (पुस्तकालय विज्ञान) पहिलो सेमेस्टरमा अध्ययनरत विन्दु पौडेल कोभिड–१९ का कारण विश्वविद्यालय बन्द भएपछि घरतिर लागिन्।
५ चैतबाट सबै शैक्षिक संस्था गर्ने सरकारको निर्णयपछि दाङको घोराहीस्थित घर फर्किएकी उनी घरमै सेल्फ क्वारेन्टाइनमा बस्न थालिन्।
सेल्फ क्वारेन्टाइनमा बसेका बेला समय बिताउन उनलाई निकै गाह्रो भइरहेको थियो। उनलाई ९ चैत चाँडै आइदिए हुन्थ्यो जस्तो लागेको थियो। किनकी, त्यो दिन उनको लागि विशेष थियो।
९ चैत आयो। उनी बिहानै उठिन्। उनी बिहान ७ बजेको पर्खाइमा थिइन्। किनकी उनी पहिलोपटक घरमै बसेर पनि अनलाइनमार्फत् पढ्न पाउँदै थिइन्। उनले आफ्नो ल्यापटप अन गरिन्। र, जुम एप खोलिन्। उनले आफूसँगै अन्य १० जना साथी र सह–प्राध्यपक लिला न्याइच्याईंलाई अनलाइनमा देखिन्।
उनीहरूले बिहान ७ बजेदेखि ८ बजेसम्म एक घण्टा इन्फरमेसन कन्ट्रोल टेक्निकको क्लास लिए। कक्षाकोठामा खुलेर कुरा गर्न नसक्ने विद्यार्थीहरू समेत अनलाइन कक्षामा खुलेर कुरा गर्न थाले। नियमित कक्षामा उपस्थित हुन नसकेका विद्यार्थीहरू पनि अनलाइन क्लासमा सहभागी बने। सह–प्राध्यापक लिलाले अन्तमा विद्यार्थीहरूबाट फिडब्याक मागिन्। विद्यार्थीहरू निकै उत्साहित भए। सकारात्मक प्रतिक्रिया दिए। अर्को कक्षामा सबै विद्यार्थीलाई सहभागी गराउनुपर्नेमा जोड दिँदै विदा भए।
त्रिविले सबै कक्षाहरू बन्द गरेपछि सह–प्राध्यापक लिलाले आफ्नो विषयमा विद्यार्थीहरूलाई अनलाइनमार्फत् नै पढाउन थालेकी हुन्। उनले साताको तीन दिन आइतबार, बुधबार र बिहीबार अनलाइन कक्षा शुरू गरेकी हुन्।
जसले गर्दा सेल्फ क्वारेन्टाइनमा बसेका विद्यार्थीलाई समय बिताउन सहज भएको छ भने पढाइले पनि निरन्तरता पाएको छ।
यसलाई व्यवस्थित गर्न र सबैले अनलाइन कक्षा सञ्चालन गराउनका लागि उनले विभागसँग अनुरोध गरिन्। तर, विभागले कुनै आधिकारिक निर्णय नगरेपछि आफ्नो विषयको पढाइ शुरू गरिएको उप–प्राध्यापक लिलाको भनाइ छ। उनले कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिन थालेपछि नेपालमा पनि शैक्षिक संस्था बन्द हुन सक्ने भन्दै विद्यार्थीहरूलाई एक सातासम्म अनलाइन पढाइका विषयमा जानकारी गराएकी थिइन्।
“विद्यार्थीहरूलाई जुम एप डाउनलोड गर्न लगाएँ। एक सातासम्म यो एपलाई कसरी चलाउने ? कसरी पढाइ गर्ने ? लगायतका विषयमा विद्यार्थीहरूलाई ब्रिफिङ गराएँ। अहिले घरमा बस्दा काम लागेको छ। विद्यार्थीहरूबाट राम्रो प्रतिक्रिया आइरहेको छ”, उनले भनिन्।
पहिलो दिनको अनलाइन कक्षामा २२ जना विद्यार्थीमध्ये ११ जनाको उपस्थिति थियो। अबका कक्षामा अधिकतम विद्यार्थीहरूको उपस्थिति गराउनेगरी पहल भइरहेको उनको भनाइ छ। “ल्यापटमा भएको पावर प्वाइन्ट प्रिजेन्टेसनका आधारमा जुम एपमार्फत् सबै विद्यार्थीलाई अनलाइन क्लास दिन्छौँ। स्लाइड सेयर गर्ने, मेरो आफ्नो र विद्यार्थीबीच भिडिओ कुराकानी हुन्छ। जसरी कक्षाकोठामा पढाइ हुन्छ, त्यसरी नै अनलाइन कक्षा पनि हुन्छन्” उनले भनिन्।
विन्दुले भने अनलाइन कक्षामार्फत्को पढाइ निकै उपलब्धिमुलक रहेको बताइन्। आ–आफ्नो घरमा रहेका सबै विद्यार्थीसँग इन्टरनेटको सहज उपलब्धता नहुँदा अनलाइन कक्षाको पढाइबाट बञ्चित पनि हुने हुँदा त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
“गाउँघरतिर गएका सबै विद्यार्थीसँग इन्टरनेटको सहज उपलब्धता हुन्छ भन्ने छैन। यस्तो अवस्थामा उनीहरू अनलाइन पढाइबाट वञ्चित हुनसक्छन्” उनले भनिन्। त्रिभुवन विश्वविद्यालयका अन्य विभाग पनि अनलाइन कक्षा सञ्चालन गर्ने मनस्थितिमा पुगेका छन्।
त्रिविका मानवशास्त्र विभाग प्रमुख डा. डम्बर चेम्जोङले आफ्नो विभागले अहिलेको अवस्था लामो समयसम्म रहेमा अनलाइन कक्षा सञ्चालन गर्ने बताए। “केही साथीहरूले अनलाइन पढाइ गर्छौं त भनिरहेका छन्। यो बन्दको अवस्था लामो समयसम्म रह्यो भने अनलाइन पढाइ गर्छौं”, उनले भने।