चितवनको विशेष अस्पतालमा उपचाररत् एक बिरामीको मृत्यु, स्वास्थ्य मन्त्रालय भन्छः कारण खुलेको छैन
<p>काठमाडौं। चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत् एकजनाको आज बिहान मृत्यु भएको छ। </p>
<p>उनलाई उच्च ज्वरो र रुघाखोकीले सताएपछि अस्पताल भर्ना गरिएको थियो। वीरगञ्जका ३० बर्षीय ती युवकलाई चितवन मेडिकल कलेजबाट कोरोना विशेष अस्पतालमा रेफर गरिएको थियो। </p>
<p>स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसँग बुझ्दा केही दिन पहिले चितवन मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएका विरामी भएको र उनको मृत्युको कारण नखुलेको <em>देखापढी</em>लाई बताए।</p>
<p>उनले भने, "रोग पत्ता लागिसकेको थिएन, मृत्युको कारण के हो भनेर खुल्न बाँकी छ।"</p>
प्रतिक्रिया दिनुहोस्