चिनियाँ राष्ट्रपति सी चिनफिङ आज अपराह्न ४ः३० मा काठमाडौं ओर्लंदै छन् । उनको स्वागत र भ्रमणको सम्पूर्ण तयारी पुरा भइसकेको सरकारले जनाएको छ ।
२३ असोजमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भ्रमणको सबै तयारी पुरा भएको बताएका थिए । २४ असोज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दिइएको ‘ब्रिफिङ’मा पनि चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि सुरक्षा लगायत सबै तयारी पुरा भएको उल्लेख छ ।
२३ बर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सफल र भव्य बनाउन भइरहेका तयारी मध्ये एक हो– सडक सजावट ।
सी नेपाल भ्रमणमा आउने निश्चित भएसँगै राजधानी सजाउन शुरू भइसकेको थियो । दशैं अघिसम्म भद्रगोल, अस्तव्यस्त, र धुलोले निसास्एिको काठमाडौं दशैं नसकिंदै चिटिक्क बनेको छ ।
चिनियाँ राष्ट्रपति काठमाडौंमा ओहोरदोहोर गर्दा प्रयोग हुने सडकका ‘रूट’ रातदिन लगाएर मर्मतसम्भार गरियो, रंगरोगन भयो । खाल्डाखुल्डी पुरिए, सडक चिल्लो बन्यो । उप्केको पिच चिरिच्याट्ट बन्यो । सडक किनारका बिरुवा काँटछाँट गरियो, गोडमेल गरियो, कतैकतै कृत्रिम पार्क नै बनाइयो ।
त्यति मात्र होइन, ठाउँ ठाउँमा गमलामा ढकमक्क फूलेका फूल राखिए । सरकारको यो काम र तत्परता देखेर कतिपयले भने पनि– ‘गरे नहुने के रहेछ र ?’
वर्षौंदेखि धुलो उडेको ठाउँ, नबनेको फूटपाथ, असरल्ल तार, धुलोले छपक्कै छोपेका बिरूवा एकाएक कसरी चिटिक्क बने ? कसरी सम्भव भयो रातारात यस्तो परिवर्तन ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वरी देवकोटाका अनुसार अविश्वसनीय झैं लाग्ने यो परिवर्तनका पछाडि यसमा भएको खर्चको ठूलो भूमिका छ । खर्च भन्दा पनि ठूलो भूमिका छ, खर्च गर्नका लागि अबलम्बन गरिएको प्रक्रियाको ।
उनका अनुसार चिनियाँ राष्ट्रपतिको स्वागतका लागि यो काम गर्न सार्वजनिक खरिद प्रक्रिया पुरा गरिएको भए कुनै पनि काम सम्भव थिएन । त्यहीकारण जहाँ जे कामका लागि जति रकम आवश्यक छ, त्यहाँ तत्काल त्यति रकम भुक्तानी गरियो । हालसम्म ९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।
यसरी सडक निर्माणका काम सिधै गराइएकोले छिटो छिटो काम सम्पन्न भएको उनको भनाइ छ । चिनियाँ राष्ट्रपतिको स्वागतकै लागि भनेर करीब १३ किलोमिटर सडक कालोपत्रे र मर्मत गरिएको छ । यसमा भएको खर्चको पुरा विवरण भने आइसकेको छैन ।
यो बीचमा सुन्धारा आसपासको क्षेत्र र त्रिपुरेश्वर–सोल्टीमोड कालोपत्रे र मर्मत भने पुरानै ठेकेदारले गरेका छन् । बाँकी कालोपत्रे र मर्मतका लागि सिधै ठेक्का लगाइएको हो ।
त्यस्तै, नेपाल विद्युत प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, नयाँ बानेश्वर, लैनचौर, रत्नपार्कलगायतका स्थानमा तार व्यवस्थापन गरेको छ । कुलेश्वर, कालीमाटी, टेकुलगायतका स्थानमा सडकबत्ती थप गरिएको छ । पुराना सडकबत्ती मर्मत र सफा गरिएको छ ।
फूल राख्ने र अन्य सजावटको काम भने काठमाडौं महानगरपालिकाले गरेको हो । सजावटमा महानगरपालिकासँगै नेपाल प्रहरी, नेपाली सेना र ठेकेदार कम्पनीका कर्मचारी खटिएका छन् । मर्मत र सजावटमा खटिएका कर्मचारीले दशैं बिदामा समेत रातदिन काम गरेका थिए ।
त्यस्तै, काठमाडौं जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका, नेपाल टेलिकम, कर्मचारी सञ्चयकोष, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलगायतका सरकारी निकायले स्वागतद्वार बनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ लगायत निजी क्षेत्रका संघसंस्थाले पनि चिनियाँ राष्ट्रपतिको स्वागतमा स्वागतद्वार बनाएका छन् ।
सडक किनारमा बनाइएका स्वागतद्वारहरुमा लेखिएको छ– ‘सगरमाथा र गौतमबुद्धको जन्मस्थल नेपालमा स्वागत छ ।’ यस्तै स्वागतका लागि तयार गरिएका फ्लेक्समा शे–फोक्सुन्डो ताल, बीपी राजमार्ग, स्वयम्भू, पशुपतिनाथ, गौतमबुद्धको जन्मस्थललगायतका तस्वीर राखिएको छ ।
यो सबै खर्चको हिसाब एकिन नभए पनि चिनियाँ राष्ट्रपति हिंड्ने सडकमा करीब २० करोड खर्च भएको अनुमान गरिएको छ । यो खर्चमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौं महानगरपालिका, अन्य सरकारी निकाय र निजी क्षेत्रको समेत खर्च जोडिएको छ ।