काठमाडौं। इङ्लिस प्रियिमर लिगको क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले आफु कोरोना भाइरस संक्रमणबाट पुर्ण रूपमा मुक्त भएको बताएका छन्।
स्पेनका ३७ वर्षे आर्टेटा प्रिमियर लिगमा कोरोना भाइरसबाट संक्रमित हुने पहिलो प्रशिक्षक हुन्। १२ मार्चमा उनको परिक्षण पोजेटिभ देखिएको थियो।
‘‘तीन चार दिनयता मलाई राम्रो महशुस हुदै गएको छ। लक्षणहरू कम हुदै गएका छनु भने मेरो स्फुर्ति बढेको छ,’’ स्पेनको एक टेलिभिजनसँगको कुरामा आर्टेटाले भने, ‘‘अहिलो मलाई धेरै राम्रो छ। त्यसैले मलाई पुर्ण रूपमा ठीक भएको महशुस भएको छ।’’
१४ दिनको आइसोलेसनपछि आर्सनलका खेलाडीले मंगलबार ट्रेनिङ गर्ने बताइएको थियो। तर तत्कालका लागि त्यो स्थगित भएकोछ।
‘‘अहिलेको अवस्थामा खेलाडीलाई फिर्ता बोलाउनु अनुपयुक्त र गैरजिम्मेवारपुर्ण हुनेछ,’’ लन्डन क्लब आर्सनलको विज्ञप्तीमा भनिएको छ, ‘‘त्यसैले हाम्रो सिनियर टीम, महिला र एकेडेमीका खेलाडी घरमै रहन्छन्। घरमै बसौं र सुरक्षित रहौं।’’