सरकारको कोभिड-१९ कोषमा कांग्रेसले दियो ५० लाख
<p>काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड-१९ संक्रमणको जोखिम सामना गर्न सरकारले स्थापना गरेको कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।</p>
<p>कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज यो जानकारी दिएका हुन्।</p>
<p>शर्माले ट्वीटमार्फत् पार्टीका तर्फबाट एकमुष्ठ ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको उल्लेख गरेका छन्।</p>
<p>उनले लेखेका छन्, "कांग्रेसका संघीय सांसदहरुले एक महीनाको तलब अलग्गै दिने निर्णय यसअघि भइसकेको छ।"</p>
प्रतिक्रिया दिनुहोस्