काठमाडौं। कोभिड–१९ को विरामी काठमाडौंमा भेटिएपछि सरकारले देशैभर लकडाउन गरेको छ। अत्यावश्यक प्रयोजनमा बाहेक घरभित्रै बस्न सरकारले सबैलाई अनुरोध गरेको छ । सरकारको निर्देशन नमानी बाहिर निस्कनेलाई पक्राउ पनि गरिरहेछ।
यस्तो अवस्थामा कसैलाई कोरोना भाइरस संक्रमणको शंका लागेमा कसरी उपचार प्रक्रिया शुरु गर्ने भन्ने अन्यौल धेरैमा छ।
कोरोना संक्रमण शंका लाग्दैमा आत्तिइहाल्नुपर्ने अवस्था भने छैन।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा मात्रै गरिन्छ। देशभर जहाँसुकै जोसुकैलाई कोराना भाइरस संक्रमण भए, नभएको परीक्षणको लागि खकारको नमूना जनस्वास्थ्य प्रयोगशाला टेकुमा नै लैजानु पर्छ।
विश्व स्वास्थ्य संगठनले टेकुको प्रयोगशाला गुणस्तरीय रहेको तर त्यसको क्षमता तत्काल बढाउनुपर्ने सुझाव दिएको छ। प्रयोगशालाको क्षमता बढाउनको लागि काम भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–सचिव एवं प्रवक्ता सागर दाहाल भन्छन्, “अहिले कसैलाई कोरोना भाइरस संक्रमणको शंका लागेमा जुनसुकै अस्पतालमा गए पनि हुन्छ। शंकास्पद लक्षण भएको विरामीलाई उक्त अस्पतालले आइसोलेशनमा राख्छ र खकारको नमूना लिइन्छ। खकार परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइन्छ। उक्त नमूना परीक्षण पोजेटिभ देखिएमा उक्त विरामीलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा लगिन्छ।”
त्यसरी कुनै पनि अस्पतालमा पुगेर आइसोलेशनमा बसेका विरामीको खकारको नमूना ल्याउनको लागि जनस्वास्थ्य प्रयोगशालाले कुरिअर कम्पनीलाई जिम्मा दिएको छ। त्यसकारण, खकारको नमूना विरामी वा उसका आफन्तले लैजानु पर्दैन। अस्पतालले खकारको नमूना लिएर प्रयोगशालालाई जानकारी गराउँछ र प्रयोगशालाले खकारको नमूना लिनको लागि कुरिअर कम्पनीका प्रतिनिधिलाई सम्बन्धीत अस्पतालमा पठाउँछ।
त्यसरी लगिएको खकारको नमूनामा कोरोना भाइरस देखिए त्यस्ता बिरामीलाई टेकुमै लगेर उपचार गर्ने व्यवस्था सरकारले गरेको दाहालले जानकारी दिए।
कोरोना संक्रमणको शंका लागे यसो गर्नुहोस्।
१. सरकारले तोकेका डाक्टरलाई फोन गर्नुहोस्।
२. उनीहरुको सल्लाह अनुसार आवश्यकता परे एम्बुलेन्सका लागि ११२ मा फोन गर्नुहोस्।
३. नजिकैको कुनै पनि अस्पतालमा लैजानुहोस्।
४. अस्पतालले बिरामीलाई आइसोलेसनमा राखेर परीक्षणका लागि खकार पठाउँछ।
५. कोरोना भाइरसको संक्रमण पुष्टि भए टेुक अस्पतालमा राखेर उपचार गर्छ ।
६. कोभिड–१९ का रोगीलाई सबै खर्च सरकारले व्यहोर्छ ।
७. शुरुको खर्च र एम्बुलेन्स खर्च पनि रोगी प्रमाणित भए फिर्ता हुन्छ।
खर्च कसले ब्यहोर्छ?
कोभिड–१९ का बिरामीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले ब्यहोर्ने निर्णय गरिसकेको छ। तर, शंकास्पद लक्षण लिएर कुनै पनि अस्पतालमा जाँदा त्यहाँको शुरुको खर्च भने विरामी आफैले बेहोर्नुपर्छ।
उक्त बिरामी कोभिड–१९ रोग लागेको प्रमाणित भएपछि भने शुरुको खर्च समेत सरकारले उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको सहसचिव दाहालले बताए।
कोही बिरामी कोभिड–१९ को शंका लागेर खकारको परीक्षण जनस्वास्थ्य प्रयोगशालामा गर्दा भने कुनै शूल्क लाग्दैन।
कसरी अस्पताल पुग्ने?
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्ने सावधानीका लागि पुरै देशलाई लकडाउन गरेको छ। यस्तो अवस्थामा कसरी अस्पताल जाने धेरैको जिज्ञासाको विषय हुन सक्छ। कोरोनाको शंकास्पद बिरामीले ११२ मा फोन गरेर एम्बुलेन्स बोलाउन सक्छन्। केही गरी ११२ मा फोन गर्दा एम्बुलेन्स उपलब्ध भएन भने अन्य सामान्य बेलामा जस्तै १०२ मा फोन गरेर पनि एम्बुलेन्स बोलाउन सकिन्छ।
एम्बुलेन्सको शुरुको खर्च बिरामी आफैले बेहोर्नुपर्छ। तर, उक्त बिरामीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएमा भने एम्बुलेन्सको खर्च पनि नेपाल सकारले नै व्यहोर्छ।
यो विकल्प अहिले कोभिड–१९ का धेरै विरामी नदेखिएको अवस्थामा मात्रै लागू हुन्छ। स्वास्थ्य मन्त्रालयका सहसचिव दाहाल भन्छन्, “टोल टोलमा कोरोना भाइरसको संक्रमित भेटिन थाल्यो भने उहाँहरुलाई यस्तो लक्षण देखिदा यो अस्पताल आउनुस् भनेर बोलाउँछौं।”
परामर्शको लागि को–को डाक्टर उपलब्ध छन्?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले दिउँसो र रातीको लागि छुट्टाछुट्टै डाक्टरको व्यवस्था गरेर कोरोना भाइरस संक्रमण भए नभएको बारेमा परामर्श लिन सकिने र नमूना परीक्षणको लागि भन्न सकिने व्यवस्था मिलाएको छ।
जसमा विहान र दिउँसोको लागि डा. श्रवण कुमार मिश्र (९८५११६८२२०) डा. रञ्जित शाह (९८७२७०१४६५), राजेशकुमार गुप्ता (९८५१२३९९८८) तोकिएका छन्।
त्यसैगरी, रातीका लागि दिनेश थापा मगर (९८२३१६८५४०) र नरेश थापा मगर(९८०३१५२१४९) लाई विरामीसँग परामर्शको जम्मेवारी तोकिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरु उपलब्ध हुने गरी कोभिड–१९ को लागि हट लाइन नम्बर पनि सार्वजनिक गरेको छ। ९८५१२५५८३४, ९८५१२५५८३७ र ९८५१२५५८३९ नम्बरमा फोन गर्दा स्वास्थ्य मन्त्रालयका विज्ञहरु विहान ६ बजेदेखि साँझ १० बजेसम्म उपलब्ध हुने बताइएको छ।
" /> काठमाडौं। कोभिड–१९ को विरामी काठमाडौंमा भेटिएपछि सरकारले देशैभर लकडाउन गरेको छ। अत्यावश्यक प्रयोजनमा बाहेक घरभित्रै बस्न सरकारले सबैलाई अनुरोध गरेको छ । सरकारको निर्देशन नमानी बाहिर निस्कनेलाई पक्राउ पनि गरिरहेछ।यस्तो अवस्थामा कसैलाई कोरोना भाइरस संक्रमणको शंका लागेमा कसरी उपचार प्रक्रिया शुरु गर्ने भन्ने अन्यौल धेरैमा छ।

">