कोरोना भाइरस नियन्त्रण उपचार कोषमा धितोपत्र बोर्डको ५० लाख सहयोग <p>काठमाडौं। सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोषमा नेपाल धितोपत्र बोर्डले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।</p> <p>बोर्डका प्रवक्ता निरज गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै कोषमा उक्त रकम जम्मा गर्ने बताएका हुन्।</p> <p>कोभिड&ndash;१९ रोकथाम र उपचारमा खर्च गर्नको लागि सरकारले ५० करोड रुपैयाँको कोष निर्माण गर्न सबैलाई सहयोगको लागि अपिल गरेको छ।</p> <p>यसका साथै धितोपत्र बोर्डले रोग नियन्त्रणको अभियानमा पूँजी बजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतलाई उक्त कोषमा यथासक्दो रकम जम्मा गर्न पनि अनुरोध गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्