काठमाडौं। विश्वव्यापी रूपमा कोभिड-१९ को संक्रमणको जोखिम भएकाले सरकारले आजदेखि देशभर लकडाउन घोषणा गरेको छ।
यो समयलाई सदुपयोग गर्नको लागि पवित्रा कसाः ले फेसबुक लाइभमार्फत् रञ्जना लिपि लेख्न सिकाइरहेका छन्।
प्रचलित लिपिमा देवनागरी जस्तै अक्षर छुट्याएर लेख्न मिल्छ। रञ्जना लिपिमा एक अक्षरमै जोडेर छोटा विषयवस्तु झनै छोटो तरिकाले लेखिने चलन छ।
सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुँदा रञ्जना लिपि नेपालको हो भनेर चिनाइएको थियो।
संस्कृतिविद् ओम धौभडेलका अनुसार सातौं शताब्दीतिर तान्त्रिक विद्या शुरू भएसँगै रञ्जना लिपिमा मन्त्र लेखिन थालेका हुन्।
मठमन्दिरमा हिन्दू, बौद्ध धर्मसम्बन्धी श्लोक, मन्त्र, तान्त्रिक विधि, स्वास्थ्य उपचार विधि शिलालेख, ताम्रपत्रलगायत हजारौं पुस्तक रञ्जना लिपिमै लेखिएका छन्। मल्लकालमा १४ औं शताब्दीमा मात्रै नेपाल लिपि प्रचलन आएको थियो।
त्यसपछि लिच्छवि, मैथिली, पाँचुँ, भुजी मोल, क्वयंमोल, कुटिला अक्षर, गुप्त लिपि, हिमोल प्रचलनमा थिए। नेपालकै तामाङ, लामा समुदायमा पनि रञ्जना लिपिमै लेखिने प्रचलन छ।
उनका अनुसार तत्कालीन समयमा तिब्बत, भारतसम्म नेपाली लिपि, भाषा र मुद्रा फैलिएको थियो।
रञ्जना लिपि तान्त्रिकले मन्त्र अरूले थाहा नपाऊन् भनेर बढ्ता प्रयोग गरे। कसैको नाम लेख्नुपर्यो भने उनीहरू रञ्जना लिपिमै लेख्थे। प्रायस् देवीदेवतासम्बन्धी, हिन्दू, बौद्ध स्वास्थ्य, आयुर्वेद, वैद्य, इतिहास धेरै विधामा पहिले किताब लेखिएका थिए।
राष्ट्रिय अभिलेखालय र असनको रक्तकालीमा रहेको आशा सफु गुठीमा रञ्जना लिपिमा लेखिएका थुप्रै पुस्तक संकलित छन्।
" /> काठमाडौं। विश्वव्यापी रूपमा कोभिड-१९ को संक्रमणको जोखिम भएकाले सरकारले आजदेखि देशभर लकडाउन घोषणा गरेको छ।यो समयलाई सदुपयोग गर्नको लागि पवित्रा कसाः ले फेसबुक लाइभमार्फत् रञ्जना लिपि लेख्न सिकाइरहेका छन्।

">