पाेखरा। कोरोना भाइरस संक्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले लकडाउन गरिरहेकाे अवस्थामा पोखरामा धर्मको नाममा अफवाह फैलाइरहेको भन्दै एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
जुम्ला घर भई पोखरा महानगरपालिका-३२, खुदी सुकुम्बासी टोल बस्ने ३२ वर्षीय केशव आचार्यले मानिस जम्मा गरी धर्मको नाममा अफवाह फैलाएका कारण पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए। उनका अनुसार आचार्य प्रशान्त कटनी मण्डली पोखरा–२९ पावरहाउसको पास्टर हुन्।
कोरोना भाइरसबाट उत्पन्न विपद्को लाभ लिई भ्रमपूर्ण अभिव्यक्तिको भिडिओ बनाई युट्युब तथा सामाजिक सञ्जालमा राखेको र शेयर गरी धर्म प्रचारप्रसार गरेका कारण उनकै घरबाट पक्राउ गरी कानूनी कारबाही अगाडि बढाइएको केसीले जानकारी दिए। रासस
" /> पाेखरा। कोरोना भाइरस संक्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले लकडाउन गरिरहेकाे अवस्थामा पोखरामा धर्मको नाममा अफवाह फैलाइरहेको भन्दै एकजनालाई प्रहरीले पक्राउ गरेको छ।जुम्ला घर भई पोखरा महानगरपालिका-३२, खुदी सुकुम्बासी टोल बस्ने ३२ वर्षीय केशव आचार्यले मानिस जम्मा गरी धर्मको नाममा अफवाह फैलाएका कारण पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए। उनका अनुसार आचार्य प्रशान्त कटनी मण्डली पोखरा–२९ पावरहाउसको पास्टर हुन्।

">