कैलाली। झण्डै २० घण्टादेखि कैलाली र कञ्चनपुरका नाकामा अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लामा पुर्याउने व्यवस्था गर्न संघीय सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।
संघीय सरकारको निर्देशनपछि गौरीफन्टा र गड्डाचौकीमा रहेका उनीहरूलाई आज साँझ लकडाउनकै बीचमा सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।
उनले नाकामा रहेका सम्पूर्ण नेपालीको जिल्लागत विवरण संकलन गरिरहे बताउँदै लगत संकलन लगत्तै नाकाबाटै बसमा राखेर सम्बन्धित जिल्ला पुर्याइने बताए।
उनीहरूलाई सम्बन्धित जिल्ला, नगर र गाउँपालिकाको क्वारेन्टाइनमा राखिने र त्यसका लागि सबै तहमा क्वारेन्टाइन स्थापनाका लागि प्रदेश सरकारले बजेट दिने बताइएको छ।
आज साँझसम्म सीमामा रहेकाहरूका लागि सम्बन्धित जिल्लामा जान बसको व्यवस्था गरिने कैलाली र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले जनाएका छन्।
भारतसँग सीमा जोडिएको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा हजाराैंको संख्यामा नेपालीहरू अलपत्र परेका छन्।
अलपत्र परेकाहरूमा भारतमा रोजगारी गरेर फर्कदै गरेका र औषधि गर्न गएकाहरू समेत रहेका छन् ।
भारतको सितारगन्जबाट उपचार गराइ फर्कँदै गरेका नेपाली समेत कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका छन्।
" /> कैलाली। झण्डै २० घण्टादेखि कैलाली र कञ्चनपुरका नाकामा अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लामा पुर्याउने व्यवस्था गर्न संघीय सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।संघीय सरकारको निर्देशनपछि गौरीफन्टा र गड्डाचौकीमा रहेका उनीहरूलाई आज साँझ लकडाउनकै बीचमा सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

">