अरूलाई जोगाउन रेस्पिरेटर दिएका इटालीका पादरीको निधन
काठमाडौं। कोरोना भाइरस संक्रमित एक युवालाई बचाउन आफ्नो रेस्पिरेटर (श्वासप्रश्वास सहज गराउन लगाइने मास्क) दिएका इटालीका एक पादरीको कोभिड-१९ कै कारण निधन भएको छ।

७२ वर्षीय फादर गुसेप्पे बेरारदेल्लीको लुभ्रेमा निधन भएको जनाइएको छ। अहिलेसम्म इटालीमा कम्तिमा ५० जना पादरीको निधन भइसकेको छ।

बेरारदेल्ली कास्निगो शहरका मुख्य पादरी थिए। हस्पिटलका अनुसार उनले आफ्ना लागि ल्याइएको रेस्पिरेटर प्रयोग गर्न नमानी एक अपरिचित युवा बिरामीलाई दिएका थिए।

ती पादरको शवलाई शतगतका लागि लगिदै गर्दा कास्निगो शहरका जनताले झ्याल र कौसीमा उभिएर शोक जनाएका थिए। इटालीमा अहिलेसम्म ६ हजारभन्दा बढीको निधन भइसकेको छ। १२ मार्चबाट देशैभर गरिएको लकडाउन कायम छ। ‘सिंगो देश नै ध्वस्त हुनबाट जोगाउन लकडाउनको समय लम्बाइएको’ त्यहाँका प्रधानमन्त्री गुइस्पे कोन्टेले जनाएका छन्। -बीबीसीबाट

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्