सुदूरपश्चिमका मन्त्रीहरूले एक महीनाको पारिश्रमिक प्रदेश राहत कोषमा जम्मा गर्ने
<p>कैलाली। सुदूरपश्चिम प्रदेशका मन्त्रीहरूले एक महीनाको पारिश्रमिक प्रदेश राहत कोषमा जम्मा गर्ने भएका छन्।</p>
<p>सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।</p>
<p>प्रदेश सरकारले कोभिड-१९ रोगको नियन्त्रण र व्यवस्थापनका लागि ११ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ।</p>
<p>साथै प्रदेशका स्थानीय तहलाई तीन करोड सशर्त अनुदान रकम दिने बैठकले निर्णय गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्