प्रदेश १ द्वारा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि १० करोडको कोष स्थापना
विराटनगर। प्रदेश १ सरकारले कोभिड-१९ काे नियन्त्रण तथा रोकथामका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश १ कोरोना जनसुरक्षा कोष’ खडा गर्नुका साथै साे कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गर्ने निर्णय गरेको छ।

त्यस्तै कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरूले एक महीनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना भाइरससम्बन्धी सूचना कक्ष स्थापना गर्ने निर्णय भएको छ।

साथै सबै मन्त्रालयहरूमा एकजना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रूपमा तोकी प्रत्येक दिन सूचना कक्षमा कोरोना भाइरससम्बन्धी सूचनाहरू उपलब्ध गराइनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्