भारतमा बसोबास गरिरहेका नेपालीलाई दूतावासको आग्रह- 'आफू बसेको ठाउँ नछाड्नू'

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीको बाह्रखम्बास्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई आफू बसेको स्थान नछाड्न आग्रह गरेको छ।

दूतावसले आज एक सूचना प्रकाशित गर्दै कोभिड(१९ को महामारीको अवस्थालाई मध्यनजर गर्दै बसेको स्थान नछाड्न भनेको हो।

भारत सरकार तथा भारतीय राज्य सरकारहरूले जारी गरेको लकडाउन, कर्फ्यू र अन्य आदेश, सूचना तथा एड्भाइजरीको पूर्ण पालना गर्न दूतावासले आग्रह गरेको छ।

सरकारी आदेशको अवज्ञा गरेमा सम्बन्धित प्रशासनिक निकायले कारवाही गर्ने सूचना जारी गरेको जानकारी गराउँदै दूतावसले आफू बसेको ठाउँ नछाड्न नेपाली नागरिकलाई भनेको हो।

प्रतिक्रिया दिनुहोस्