टोकियो ओलम्पिक एक वर्ष सार्न सहमत
काठमाडौं। जापानका प्रधानमन्त्री शिन्जो अबेले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचसँगको छलफलमा टोकियो ओलम्पिक २०२० एक वर्षका लागि सारिएको बताएका छन्।

अमेरिकी संचारमाध्यम सीएनएनका अनुसार जापानका प्रधानमन्त्री अबेले ओलम्पिक अब २०२१ मा हुने बताएका छन्। तथापी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको कार्य समितीबाट निर्णय हुन भने बाँकी छ।

‘‘मैले एक वर्षका लागि प्रतियोगिता सार्न प्रस्ताव राखे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले त्यसमा सतप्रतिशत सहमत भए,’’ अबेले भनेका छन्।

कोरोना भाइरस संक्रमणका कारण अहिले विश्वभरका खेलकुद गतिबिधि स्थगित भएका छन्। कोभिड–१९ ले प्रभावित भएका कारण क्यानडा र ग्रेट ब्रिटेनले आफ्नो खेलाडी नपठाउने निर्णय गरेका थिए।

यसअघि यरोपियन च्याम्पियनसिप २०२० र कोपा अमेरिका फुटबल प्रतियोगिता पनि एक वर्षका लागि स्थगित भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्