पूर्वसचिव रामेश्वर खनालको घोषणा- 'सरकारी कोषमा एक महीनाको पेन्सन दिन्छु'

काठमाडौं। पूर्व अर्थसचिव रामेश्वर खनालले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा आफ्नो चैत महीनाको पेन्सन रकम जम्म गर्ने घोषणा गरेका छन्।

ट्वीटरमा उनले आफ्नो एक महीनाको पेन्सन रकम ४१ हजार ७३१ रूपैयाँ सरकारी कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्।

उनले लेखेका छन्- 'ई-सेवाबाट जम्मा गर्न मिल्ने भएको भए, आजै जम्मा गर्न सक्थें। रोजगरी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन यसको प्रयोग गरिदिए हुन्थ्यो।'

प्रतिक्रिया दिनुहोस्