सुर्खेत। कोरोना भाइरस संक्रमणको त्रासका कारण भारतलगायत विभिन्न स्थानबाट घर फर्कन लागेका तर, बीच बाटैमा अलपत्र परेका कर्णालीवासीलाई प्रदेश सरकारले उद्धार गर्ने भएको छ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले स्वदेश तथा विदेशबाट घर फर्केका तर, गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका कर्णालीवासीलाई गन्तव्यमा पुगाउन आवश्यक व्यवस्था मिलाइएको बताए।

मन्त्री रावलका अनुसार यातायातका साधन बन्दका कारण बीचबाटोमा अलपत्र परेकाले हटलाइन नम्बर १११० मा सम्पर्क गरी आफ्नो अवस्थाबारे जानकारी गराउनुपर्नेछ।

आजदेखि भएको ‘लकडाउन’कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लगायत सबै जिल्लाका बजार पूर्णरुपमा बन्द भएको छ। कोभिड–१९ भाइरस संक्रमणबाट बच्न आजदेखि सरकारले शुरू गरेको लकडाउनले कर्णालीका अधिकांश जिल्ला सुनसान बनेका हुन्। लकडाउनका कारण वीरेन्द्रनगर बजार सुनसान भएको छ।

बिहानैदेखि सुर्खेतका सबै पसल बन्द छन् भने सबै स्थानीयवासिन्दा समेत घरबाट बाहिर निस्केका छैनन्।

लकडाउनको वेवास्था गर्दै आफूखुशी मोटरसाइकल चलाउनेलाई ट्राफिक प्रहरी सुर्खेतले कारबाही पनि थालेको छ।

प्रहरीले लकडाउनलाई अटेर गर्ने दुई जनालाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए।

" /> सुर्खेत। कोरोना भाइरस संक्रमणको त्रासका कारण भारतलगायत विभिन्न स्थानबाट घर फर्कन लागेका तर, बीच बाटैमा अलपत्र परेका कर्णालीवासीलाई प्रदेश सरकारले उद्धार गर्ने भएको छ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले स्वदेश तथा विदेशबाट घर फर्केका तर, गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका कर्णालीवासीलाई गन्तव्यमा पुगाउन आवश्यक व्यवस्था मिलाइएको बताए।

मन्त्री रावलका अनुसार यातायातका साधन बन्दका कारण बीचबाटोमा अलपत्र परेकाले हटलाइन नम्बर १११० मा सम्पर्क गरी आफ्नो अवस्थाबारे जानकारी गराउनुपर्नेछ।

आजदेखि भएको ‘लकडाउन’कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लगायत सबै जिल्लाका बजार पूर्णरुपमा बन्द भएको छ। कोभिड–१९ भाइरस संक्रमणबाट बच्न आजदेखि सरकारले शुरू गरेको लकडाउनले कर्णालीका अधिकांश जिल्ला सुनसान बनेका हुन्। लकडाउनका कारण वीरेन्द्रनगर बजार सुनसान भएको छ।

बिहानैदेखि सुर्खेतका सबै पसल बन्द छन् भने सबै स्थानीयवासिन्दा समेत घरबाट बाहिर निस्केका छैनन्।

लकडाउनको वेवास्था गर्दै आफूखुशी मोटरसाइकल चलाउनेलाई ट्राफिक प्रहरी सुर्खेतले कारबाही पनि थालेको छ।

प्रहरीले लकडाउनलाई अटेर गर्ने दुई जनालाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए।

"> अलपत्र यात्रुलाई कर्णाली प्रदेश सरकारले उद्धार गर्ने: Dekhapadhi
अलपत्र यात्रुलाई कर्णाली प्रदेश सरकारले उद्धार गर्ने
सुर्खेत। कोरोना भाइरस संक्रमणको त्रासका कारण भारतलगायत विभिन्न स्थानबाट घर फर्कन लागेका तर, बीच बाटैमा अलपत्र परेका कर्णालीवासीलाई प्रदेश सरकारले उद्धार गर्ने भएको छ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले स्वदेश तथा विदेशबाट घर फर्केका तर, गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका कर्णालीवासीलाई गन्तव्यमा पुगाउन आवश्यक व्यवस्था मिलाइएको बताए।

मन्त्री रावलका अनुसार यातायातका साधन बन्दका कारण बीचबाटोमा अलपत्र परेकाले हटलाइन नम्बर १११० मा सम्पर्क गरी आफ्नो अवस्थाबारे जानकारी गराउनुपर्नेछ।

आजदेखि भएको ‘लकडाउन’कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लगायत सबै जिल्लाका बजार पूर्णरुपमा बन्द भएको छ। कोभिड–१९ भाइरस संक्रमणबाट बच्न आजदेखि सरकारले शुरू गरेको लकडाउनले कर्णालीका अधिकांश जिल्ला सुनसान बनेका हुन्। लकडाउनका कारण वीरेन्द्रनगर बजार सुनसान भएको छ।

बिहानैदेखि सुर्खेतका सबै पसल बन्द छन् भने सबै स्थानीयवासिन्दा समेत घरबाट बाहिर निस्केका छैनन्।

लकडाउनको वेवास्था गर्दै आफूखुशी मोटरसाइकल चलाउनेलाई ट्राफिक प्रहरी सुर्खेतले कारबाही पनि थालेको छ।

प्रहरीले लकडाउनलाई अटेर गर्ने दुई जनालाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्