आजदेखि मनसुन बाहिरियो
काठमाडौं। ५ असारमा नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन आजदेखि बाहिरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष सामान्य समयभन्दा १० दिन ढिलो गरी २० जुनबाट नेपालमा मनसुन सुरु भएको थियो।

महाशाखाले आज बिहान निकालेको विज्ञप्ति अनुसार मनसुनको बहिर्गमन पनि औसतभन्दा १९ दिन ढिलो भएको छ।

यो वर्ष नेपालमा मनसुन अवधी ११५ दिन रह्यो। औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाडौंमा १२ जूनमा मनसुनी वायुवर्षा आइपुग्ने गर्दछ।

मनसुन बाहिरिएसँगै पानी पर्न रोकिएर अब तापक्रम घट्दै जानेछ।

महाशाखाको तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबै भन्दा छोटो र सन् २००८ को १३० दिनको सबै भन्दा लामो मनसुन रहेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्