राप्रपाले सरकारी कोषमा पाँच लाख जम्मा गर्ने
<p>काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच लाख रूपैयाँ जम्मा गर्ने भएको छ।</p>
<p>आज एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले सो बराबरको रकम उपलब्ध गराउने जनाएको हो।</p>
<p>सरकारले स्थापना गरेकाे काेषमा रकम जम्मा हुने क्रम बढेकाे छ। सहयाेगी हातहरू जुटिरहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्