भारतमा २१ दिन लकडाउन घोषणा, मोदी भन्छन्- 'म तपाईंहरूसँग प्रार्थना गर्छु, घरबाट ननिस्कनुहोस्'

काठमाडौं। भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड-१९ लाई थप फैलिन नदिन २१ दिन मुलुक लकडाउन गर्ने घोषणा गरेका छन्।

श्रृंखलाबद्ध ट्वीट गर्दै भारतीय प्रम मोदीले अहिले साँझ भनेका छन्- 'आगामी २१ दिन हाम्रा लागि धेरै नै अहम छन्। जनस्वास्थ्य विशेषज्ञले भनेअनुसार कोरोना भाइरसको चक्र तोड्नका लागि २१ दिनको समय धेरै नै महत्वपूर्ण छ।'

कोरोनाविरूद्धको भारतको लडाइँ ह्यासट्याट राखी गरेका ट्वीटमा मोदीले सबै जनतालाई घरबाट ननिस्कन भनेका छन्। उनले लेखेका छन्- 'हामीले यो विश्वास गर्नुपर्छ कि हाम्रा अगाडि एउटै विकल्प छ। हामी घरबाट बाहिर निस्कन हुँदैन। चाहे जे सुकै होस्, घरमै बस्नुपर्छ।'

उनले कोरोना भाइरसको विस्तारलाई केहीहदसम्म नियन्त्रण गर्न सकेका देशको अनुभवबाट सिक्दै लकडाउन नै सबैभन्दा उपयुक्त विकल्प भएको उल्लेख गरेका छन्।

लेखेका छन्- 'साथीहरू यो धैर्य र अनुशासनको समय हो। देशमा लकडाउनको समय रहुन्जेल हामीले हाम्रो संकल्प र बचन पूरा गर्नैपर्छ।'

प्रतिक्रिया दिनुहोस्