सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल
काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लास्थित ७ विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा प्रयोगविहिन अवस्थामा पुगेका हुन् ।

सुदूरपश्चिम प्रदेशका यी विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य संघ डडेल्धुराका महासचिव खेमराज अवस्थीले बताए । सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् ।

दार्चुलाको गोकुलेश्वर, डोटीको दिपायल, अछामको कमलबजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द छन् । सञ्चालनमा रहेका विमानस्थलमा पनि हवाई सेवा नियमित हुने सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायु सेवा नीगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाइएको छ । सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान शुरु गरेपनि हालसम्म उडान हुन सकेका छैनन् ।

सुदूरपश्चिमको दीपायलस्थित क्षेत्रीय विमानस्थल पुनः सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गरेपनि हालसम्म कार्यान्वयन भएको छैन ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिपायल विमानस्थल र सुदूरपश्चिमका सबै विमानस्थललाई बाह्रै महीना सञ्चालनमा ल्याउने योजनामा प्रदेश सरकार लागि रहेको जानकारी दिए । सुदूरपश्चिममा सहज हवाई यातायात सुविधा नहुँदा पर्यटन क्षेत्रको विकासमा समेत बाधा पुगेको छ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्