कोभिड-१९ विरुद्ध १० करोडको आपतकालीन कोष बनाउने वागमती प्रदेशको निर्णय
<p>हेटौंडा। वागमती प्रदेश सरकारले कोभिड-१९ को तयारी र प्रतिकार्यका लागि १० करोडको आपतकालीन कोष स्थापना गरेको छ।</p>
<p>प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा हिजो, ११ चैतमा बसेको बैठकले कोभिड-१९ कोष स्थापना गर्ने निर्णय गरेको हो।</p>
<p>मुख्यमन्त्रीसहित मन्त्रीहरूले कोषमा एक महीनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्। प्रदेश सरकारले कोषमा रकम जम्माको लागि सर्वसाधारणलाई समेत आग्रह गरेको छ।</p>
<p>विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि विशेष अभियान संचालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्