घरमै बसेर ओपीडी सेवा लिन ट्रमा सेन्टरको हटलाइन सेवा

काठमाडौं। राष्‍ट्रिय ट्रमा सेन्टरले ओपिडी सेवाको लागि हटलाइन सेवा शुरू गरेको छ।

कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै सरकारले जारी गरेको लकडाउनको बेला घरमै बसेर ओपीडी सेवा लिनसक्ने गरी सेवाग्राहीका लागि हटलाइन सेवा संचालना ल्याइएको अस्पताल प्रशासनले जनाएको छ।

ट्रमा सेन्टरको विज्ञप्ति अनुसार घरबाटै ओपीडी सेवा लिनका लागि ०१-४२२५२७५ नम्बरको हटलाइन नम्बर प्रयोगमा ल्याइएको छ।

उक्त नम्बरमा फोन गरेर बिहान १० देखि परान्ह ४ बजेसम्म घरबाटै सेवा लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्