कोभिड-१९ फैलिन नदिन सजगता अपनाउँदै सरकारले लागू गरेको लकडाउनका कारण सीमा बन्द भएपछि भारतका विभिन्न प्रान्तबाट घर फर्किएका नेपालीहरू १० चैत साँझदेखि दशगजा क्षेत्रमा अलपत्र परेका थिए।
संघीय सरकारको निर्देशनपछि १९ जिल्लाका ९१४ जनालाई स्थानीय प्रशासनले घर फर्किने व्यवस्था मिलाएको हो।
गएराति करीब १० बजे उनीहरु त्रिनगर भन्सार भएर नेपाल प्रवेश गरेका छन्।
सीमामा अलपत्र परेकाहरूलाई १४ दिन क्वारेन्टाइनमा राख्ने सुनिश्चितता गर्दै नेपाल प्रवेश गराउन संघीय सरकारको निर्देशसँगै घर फर्कन दिइएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।
सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई प्रदेश सरकारले व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छ।
कोरोना भाइरस संक्रमणको त्राससँगै घर फर्किएकाहरू नेपाल प्रवेश गर्न नपाएपछि जबरजस्ती छिर्न खोज्दा गौरिफन्टाको मोहना नदी पुलमा सुरक्षाकर्मीसँग झडपसमेत भएको थियो ।
त्यस्तै कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका ६०० जनाको पनि गएराति उद्धार गरिएको छ ।
एकपटकलाई घर फर्कन दिने गरी उद्धार गर्ने सरकारको निर्णयसँगै उनीहरू खुसी देखिएका छन्।
" />कोभिड-१९ फैलिन नदिन सजगता अपनाउँदै सरकारले लागू गरेको लकडाउनका कारण सीमा बन्द भएपछि भारतका विभिन्न प्रान्तबाट घर फर्किएका नेपालीहरू १० चैत साँझदेखि दशगजा क्षेत्रमा अलपत्र परेका थिए।

">