स्याङ्जामा विदेशबाट फर्किएका २१ जना क्वारेन्टाइनमा

वालिङ। स्याङ्जाको वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन्।

विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नगर क्षेत्रभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आएकालाई नगरपालिकाले होम क्वारेन्टाइनमा बस्न भनिएको हो।

“नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्यांक संकलन गरिरहेका छौँ”, नगर प्रमुख दिलीपप्रताप खाँणले भने, “विदेशबाट फर्किएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन थालिएको हो।”

होम क्वारेन्टाइनमा बसेकालाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम नाप्न थर्मोमिटर दिइएको छ।

विदेशबाट आफ्नो टोलमा आएका व्यक्तिबारे नगरपालिका वा वडा कार्यालयमा खबर गरी सहयोग गर्न अनुरोध गरिएको छ।

१०-११ चैतमा सबै वडाको घरघरमा पुगेर सबै नागरिकलाई आफू सुरक्षित हुँदै घरपरिवारलाई पनि सुरक्षित राख्‍न सावधानी अपनाउन भनिएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्