लकडाउन उल्लंघन हुन थालेपछि पाल्पामा निषेधाज्ञा जारी <p>काठमाडौं। कोभिड-१९ फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन अवज्ञा हुन थालेपछि पाल्पामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।</p> <p>जिल्ला प्रशासन कार्यालय, पाल्पाले हिजो दिउँसो ३ बजेदेखि १८ चैतसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।</p> <p>प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकको सुरक्षाका लागि निषेधाज्ञा जारी गरेको बताए। &nbsp;</p> <p>स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी गरिएको निषेधाज्ञा कोही कसैले उल्लंघन गरे&nbsp; कारबाही गरिने सुवेदीले जानकारी दिए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्