काठमाडौं। व्यवसायी दीपक मल्होत्राको पहलमा नेपालमै मास्क उत्पादन शुरू भएको छ। विश्वव्यापी महामारी बनेको कोभिड–१९ले गर्दा बजारमा मास्कको अभाव र कालोबजारी भइरहेको बेला नेपाल चेम्बर अफ कमर्स लगायतको प्रयासमा मास्क उत्पादन शुरू भएको हो।
चेम्बर अफ कमर्समा उपाध्यक्ष दीपक मल्होत्राले आजबाट दैनिक ७० हजार थान मास्क उत्पादन गर्न थालिएको जानकारी दिए। मल्होत्रा आईएमएस ग्रुपका अध्यक्ष हुन्। आईएमएस नेपालमा लागि सामसुङ ब्राण्डका मोबाइलको आधिकारिक विक्रेता हो।
उनीहरूले उत्पादन थालेको मास्क ‘नन वुभन फेब्रिक’बाट बनाइन्छ। यसमा पनि मेडिकल मास्कमा जस्तै तीन तह हुन्छ तर, मेडिकल मास्कमा जस्तो बीचमा फिल्टर भने राखिएको हुँदैन्।
अहिले विश्व बजारमा नै फिल्टर पेपर अभाव भएकोले त्यसको ठाउँमा पनि ‘नन् वुभन फेब्रिक’ नै राखेर तीन तहको बनाइएको मल्होत्राले बताए। “हामीले विज्ञसँग परामर्श गर्दा फिल्टर नराखी तीन तहको बनाउँदा पनि हुने सल्लाह पाएपछि त्यही अनुसार उत्पादन थालेका हौं। बजारमा फिल्टर पेपर उपलब्ध हुन थालेपछि फिल्टर राखेरै मास्क उत्पादन गर्छौ”, उनले भने।
१० चैतको साँझ सबै मेसिन जडान सकेर १० चैत बाट मास्क उत्पादन थालिएको हो। मास्क अड्याउन कानमा राख्ने डोरी बाहेक सबै कच्चा पदार्थ नेपालमा पाइएको मल्होत्राले बताए। केही समयलाई पुग्ने डोरी भने भारतबाट आयात गरिएको उनले जानकारी दिए।
मास्क उत्पादनका लागि प्रियरञ्जन सिंहले सञ्चालन गर्दै आएको गोथेरा क्लथिङ प्रालिको नियमित काम बन्द गरेर सोही ठाउँमा अहिलेका लागि नयाँ मेसिन जडान गरिएको छ। उक्त मेसिन १२ घण्टा नियमित चल्दा ७० हजार थान मास्क उत्पादन हुन्छ। अहिले बजारमा मास्कको कालोबजारी र अभाव भएको बेलामा दैनिक दुई सिफ्ट चलाउने प्रयास गरे पनि कामदार अभाव भएको कारण सम्भव नभएको मल्होत्राले जानकारी दिए।
उनले भने, “यस्तो मानवीय संकट उत्पन्न भएको बेलामा पनि बजारमा एउटा मास्कको ५० र सय रूपैयाँ भन्न थाले। यही बेला दुई सिफ्ट चलाएर मास्क उत्पादन गर्ने प्रयास गरेका हौं। देशभर लकडाउन भएका कारण कामदार पाउन सकिएन। अहिले काम गरिरहेका व्यक्तिलाई दुई सिफ्ट काम लगाउन पनि मिलेन।”
कोरोना संक्रमणको त्रासले कामदार आउन नमानेको र अहिले भएका कामदारलाई सुरक्षित तरीकाले कारखानामा खाने बस्ने व्यवस्था मिलाइएको मल्होत्राले बताए।
दैनिक ७० हजार थान मास्क उत्पादन गर्दा प्रति मास्कको उत्पादन लागत सात रूपैयाँ परेको र तत्कालनका लागि सोही मूल्यमा बिक्री गर्न लागिएको उनले बताए। रोगको कारण मानवीय संकट उत्पन्न भएको बेला नाफा नलिने भनेर उत्पादन लागतमै बिक्री गर्न लागिएको उनले बताए।
बजार लकडाउन भएकाले उनीहरूले उत्पादन गरेको मास्क तत्काल सर्वसाधारणले किन्न भने पाउँदैनन्। मल्होत्रा भन्छन्, “लकडाउन भएका कारण सबैजसो मानिस घरमै छन्। घरमा बस्दा मास्क लगाउनु नपर्ला। अहिले स्वास्थ्य मन्त्रालयमार्फत् सबै अस्पतालमा मास्क पुर्याउँछौं।”
मास्क उत्पादनको लागि ५० लाखको लागतमा भारतबाट मेसिन ल्याएको र कच्चा पदार्थमा ५० लाख लगानी गरेर कुल एक करोड लागत लागेको उनले बताए।
" /> काठमाडौं। व्यवसायी दीपक मल्होत्राको पहलमा नेपालमै मास्क उत्पादन शुरू भएको छ। विश्वव्यापी महामारी बनेको कोभिड–१९ले गर्दा बजारमा मास्कको अभाव र कालोबजारी भइरहेको बेला नेपाल चेम्बर अफ कमर्स लगायतको प्रयासमा मास्क उत्पादन शुरू भएको हो।चेम्बर अफ कमर्समा उपाध्यक्ष दीपक मल्होत्राले आजबाट दैनिक ७० हजार थान मास्क उत्पादन गर्न थालिएको जानकारी दिए। मल्होत्रा आईएमएस ग्रुपका अध्यक्ष हुन्। आईएमएस नेपालमा लागि सामसुङ ब्राण्डका मोबाइलको आधिकारिक विक्रेता हो।

">