कोभिड-१९ राहत कोषमा निर्माण व्यवसायीको एक करोड सहयोग <p>काठमाडौं। कोभिड-१९ कोषमा निर्माण व्यवसायीले एक करोड रूपैयाँ सहयोग गर्ने भएका छन्।</p> <p>कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको आकस्मिक राहत कोषमा नेपाल निर्माण व्यवसायी महासंघले सो रकम जम्मा गर्ने घोषणा गरेको हो।</p> <p>महासंघका महासचिव रोशन दाहालले सबै मिलेर कोरोनाविरुद्ध जुध्नुपर्ने संकटको यो बेलामा सहयोग गरिएको जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्