गगनको प्रधानमन्त्रीलाई अपील- 'कोभिड-१९ विरुद्धको लडाईंमा हरपल तपाईंसँगै छु, यी काम गरिहालौं'

काठमाडौं। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै कोभिड-१९ विरुद्ध तत्काल चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री ओलीलाई थापाले आज पाँच पृष्ठ लामो पत्र लेख्दै कोभिड-१९ विरद्धको लडाईंमा हरपल प्रधानमन्त्रीको साथमा रहेको उल्लेख गरेका छन् ।

'सबैले एकताबद्ध भएर आ-आफ्नो विवेक, क्षमता र सीपको संगठित उपयोग गरियो भने मात्र यो भिषण संकटको सामना गर्न सकिन्छ भन्ने महसुस गर्दै प्रारम्भबाटै सरकारको साथमा उभिएका छौं र अन्तसम्म उभिइरहनेछौं,' थापाले पत्रमा भनेका छन्, 'यो महासंकटसँग जुध्ने क्रममा हामीले जे गरिरहेका छौं, यो पर्याप्त छैन । जसरी गरिरहेका छौं, यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न ।' कोरोना परीक्षणको झन्झटिलो प्रबन्ध बदल्न, परीक्षण क्षमता बढाउन पनि थापाले प्रधानमन्त्रीलाई सुझाएका छन् ।

सांसद थापाले प्रधानमन्त्री ओलीलाई लेखेको पत्र यस्तो छ-

प्रतिक्रिया दिनुहोस्