भारतमा आजदेखि लकडाउन, कोरोना संक्रमितको संख्या ५६२ पुग्यो, ११ जनाको मृत्यु
<p>काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको संख्या ११ पुगेको छ। पछिल्लो मृत्यु तमिलनाडु राज्यमा भएको हो। मृतक ५४ वर्षीय पुरूष भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। </p>
<p>चेन्नइको राजाजी अस्पतालमा उपचाररत् कोरोना भाइरस संक्रमित एक व्यक्तिको मृत्यु भएको त्यहाँका स्वास्थ्यमन्त्री डा सी विजयाभास्करले पुष्टि गरेका छन्। मन्त्री भास्करका अनुसार उनी उच्च रक्तचाप र मधुमेहका पनि विरामी थिए।</p>
<p>आज विहानसम्मको विवरणअनुसार भारतमा कोरोना भाइरसको संक्रमणबाट विरामी भएकाको संख्या ५६२ पुगेको छ। जसमध्ये ४० जना उपचारपछि घर फर्किसकेका छन्।</p>
<p>कोरोना भाइरसको संक्रमणबाट जोगिन आजदेखि भारतभर लकडाउन शुरू भएको छ। जुन ३ सातासम्म रहनेछ।</p>
प्रतिक्रिया दिनुहोस्