नेपालमा कोभिड-१९ को तेस्रो संक्रमित भेटिए

काठमाडौं। नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरस संक्रमण पोजेटिभ भेटिएको छ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले तेस्रो व्यक्तिमा कोभिड-१९ देखिएको पुष्टि गरे।

ती संक्रमित नेपाली या विदेशी को हुन् भन्नेबारे उनले अहिले खुलाउन चाहेनन्।

"एकजना पोजेटिभ थपिएको छ। विस्तृत हामी सार्वजनिक गर्नेछौं", दाहालले देखापढीसँग भने।

स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा पनि कोभिड-१९ को पोजेटिभ केस ३ वटा भएको सार्वजनिक गरेको छ।

तीमध्ये एक जना निको भइसकेका छन्। दुई जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यसअघि शुरूमा चीनको वुहानबाट फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनी निको भएर घर फर्किसकेका छन्।

त्यस्तै ४ चैतमा फ्रान्सबाट कतार हुँदै जहाजबाट काठमाडौं आएकी एक १९ वर्षीया महिला विद्यार्थीलाई पनि कोभिड-१९ पुष्टि भएको थियो। उनको ९ चैत रातिबाट टेकु अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

केही बेरअघि मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार हालसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ६८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।

प्रतिक्रिया दिनुहोस्