बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

काठमाडौं। कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ।

उनको नमूना परीक्षणको गएराति आएको रिपोर्ट अनुसार उनलाई तेस्रो पटक पनि कोभिड-१९ ‘पोजिटिभ’ देखिएको हो।

उनको स्वास्थ्यउपचार र हेरविचार गर्न छजना नर्स खटिएका छन्।

उनीहरु चार/चार घण्टाको सिफ्टमा काम गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

कनिका आफैँले कोरोना भाइरसबाट संक्रमित भएको जानकारी गराएकी थिइन्।

उनलाई ७ चैतमा लखनऊको संजय गांधी पीजीआई अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले आफूलाई नराम्रो व्यवहार गरेको भन्दै कनिकाले सामाजिक संजालमार्फत गुनासो गरेकी थिइन्।

अस्पतालले एक प्रेस रिलिज जारी गर्दै सबै सेवा सुविधा प्रदान गरिएको भन्दै एक 'स्टार' लाई गरिने व्यवहार गरिएको जनाएको थियो।

कनिका ९ मार्चमा लन्डनबाट भारत फर्किएकी थिइन्।

एयरपोर्टमा थर्मल स्क्रीनिंग गर्दा उनलाई कोभिड-१९ को लक्षण देखिएको थिएन।

लन्डन बाट फर्किएपछि उनले लखनउका धेरै पार्टीमा सहभागी भईन। रुघाखोकी लगेर स्वास्थ्य परीक्षण गराउँदा उनीमा कोभिड-१९ पोजेटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्