काठमाडौं। नेपाल टेलिकमले ‘रिङ ब्याक टोन’मा सबैलाई घरमै बस्न अनुरोध सहितको सन्देश बजाउन थालेको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले उक्त ‘रिङ ब्याक टोन’ आजै नेटवर्कमा अपलोड गरेको देखापढीलाई बताए।
उनले भने, “सबैलाई घरमै बस्नहाेस् र स्वास्थ्यमा समस्या भए १११५ मा सम्पर्क गर्नुस् वा नजिकको स्वास्थ्य संस्थामा जानुहाेस् भन्ने सन्देश सहितको ‘रिङ ब्याक टोन’ अपलोड गरेका छौं।”
‘रिङ ब्याक टोन’मा शिवानी थापाको स्वर सुन्न सकिन्छ। थापा नेपाल टेलिभिजनमा अङग्रेजी समाचार प्रस्तोता हुन्।
नेपाल टेलिकमकाे नेटवर्कमा फाेन गर्दा थापाको स्वरमा सुन्न सकिन्छ, “विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन घरैमा बसौं। यदी तपाईलाई र आफ्नो परिवारका सदस्यलाई स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त १११५ मा निःशूल्क फोन गरी जानकारी लिनुहोस् वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।”
नेपाल टेलिकमको नम्बरमा फोन गर्दा फाेन नउठ्दासम्म उक्त ‘रिङ ब्याक टोन’ बज्ने छ।
यसअघि नेपाल टेलिकमले कोरोना संक्रमणबाट बच्नको लागि पूर्व सचेतना अपनाउन अनुरोध सहितको ‘रिङ ब्याक टोन’ बनाएको थियो। नेपाल टेलिकमको उक्त कामको सबैतिरबाट प्रशंशा भएको छ।
कसरी आयो अवधारणा?
नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीकाअनुसार, उनले विदेशका टेलिकम कम्पनीहरूले बनाएकाे विज्ञापन र नेपाल टेलिकमले बजाउने गरेकाे सीआरबीटी टोनको अभ्यास अनुसार रिङ ब्याक टोनको सन्देश तयार गरेर अहिलेका सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडा समक्ष पठाए।
उक्त सन्देशमा मन्त्रालयको प्रतिक्रिया नआउँदै नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले पनि अधिकारीलाई टेलिकमको कार्यकक्षमै भेटेर त्यस्तो ‘रिङ ब्याक टोन’ राख्न सल्लाह दिएका थिए। अधिकारीका अनुसार, अर्का एक जना सांसदले पनि फोन गरेर त्यस्तो सन्देश राख्न सल्लाह दिएका थिए।
मन्त्री खतिवडाले उक्त सन्देश बजाउँदा राम्रो हुने प्रतिक्रिया दिनसाथ टेलिकमले रिङ ब्याक टोन रेकर्ड गरेर प्रसारण गर्न थाल्यो।
अहिले सरकारले सबै नागरिकलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन भनेको छ। त्यसैलाई सहयोग पुग्ने गरी नेपाल टेलिकमले पनि ‘रिङ ब्याक टोन’ तयार गरेको अधिकारीले बताए।
टेलिकमले नयाँ प्याकेज ल्याउँदै
नेपाल टेलिकमले घरमा बसेका आफ्ना नागरिकलाई समय विताउन सजिलो होस् भन्ने उद्देश्यले नयाँ प्याकेजको डिजाइन गरिरहेको अधिकारीले बताए।
यता, नेपाल दूर सञ्चार प्राधिकरणले पनि ग्राहकलाई नयाँ सुविधा दिन दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
सोही निर्देशनअनुसारको प्याकेजका लागि छलफल भइरहेको र आज साँझसम्म नयाँ प्याकेज सार्वजनिक गर्ने अधिकारीले जानकारी दिए।
" /> काठमाडौं। नेपाल टेलिकमले ‘रिङ ब्याक टोन’मा सबैलाई घरमै बस्न अनुरोध सहितको सन्देश बजाउन थालेको छ।नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले उक्त ‘रिङ ब्याक टोन’ आजै नेटवर्कमा अपलोड गरेको देखापढीलाई बताए।

">