तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिकामा विदेशबाट फर्किएका ६ जना होम क्वारेन्टाइनमा बसेका छन्। कोभिड-१९ को सचेतनास्वरूप विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएबमोजिम उनीहरू पनि होम क्वारेन्टाइनमा बसेका हुन्।
शुक्लागण्डकी नगरपालिकामा गठित द्रुत प्रतिकार्य टोलीका संयोजक एवं स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले विदेशबाट फकिएका उनीहरूलाई घरमै सुरक्षितरूपमा बस्न सुझाव दिइएको जानकारी दिए।
श्रीवास्तवका अनुसार पछिल्लो अवधिमा नगरपालिकाभित्र धेरै नै संख्यामा विदेशबाट फर्किएको पाइएकाले तथ्याङ्क सङ्कलनको काम भइरहेको छ। उनका अनुसार भारतको गुजरातबाट आएका एक, दुबईबाट दुई, जापानबाट एक, कतारबाट एक र बहराइनबाट एकजना होम क्वारेन्टाइनमा बसेका छन्।
“विदेशबाट फर्किएको हुनाले कोभिड-१९ को संक्रमण हुन सक्ने भएकाले उनीहरूलाई सम्पर्क गरेर होम क्वारेन्टाइनमा बस्न सुझाव दियौ”, उनले भने। विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलनका लागि हटलाइनको व्यवस्था गरिएकाले थप व्यक्तिहरुको तथ्याङ्क सङ्कलन भइरहेको छ।
व्यास नगरपालिकाका विभिन्न वडामा पनि विदेशबाट फर्किएकाहरुको जानकारी लिने काम भइरहेको छ। व्यास नगरपालिका-१, ६, ९ लगायतका वडामा विदेशबाट युवाहरू आएको सम्बन्धित वडाका अध्यक्षहरूले जानकारी दिएका छन्।
व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले दुबईबाट फर्किएका युवालाई सम्पर्क गरी सुरक्षित रूपमा घरमा बस्न आग्रह गरिएको जानकारी दिए।
नगरपालिकाले प्रत्येक वडा कार्यालयमार्फत् विदेशबाट फर्किएकाको विवरण सङ्कलन गरिरहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। रासस
" /> तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिकामा विदेशबाट फर्किएका ६ जना होम क्वारेन्टाइनमा बसेका छन्। कोभिड-१९ को सचेतनास्वरूप विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएबमोजिम उनीहरू पनि होम क्वारेन्टाइनमा बसेका हुन्।शुक्लागण्डकी नगरपालिकामा गठित द्रुत प्रतिकार्य टोलीका संयोजक एवं स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले विदेशबाट फकिएका उनीहरूलाई घरमै सुरक्षितरूपमा बस्न सुझाव दिइएको जानकारी दिए।

">